नागरिक उड्डयन प्राधिकरण विभाजन हुने

नेपालको हवाई क्षेत्रालाई व्यवस्थित पार्न अन्तराष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को सुझवमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन हुने भएको छ ।

प्राधिकरणबाट एयर नेभिगेसन सिस्टम (एएनएस) तथा एराडम अपरेसनलाई छुट्याउन लागीएको हो । नयाँ संस्थाको नाम भने टुङ्गो लागी सकेको छैन् । उक्त संस्थामा एक्जुकेटिभ डाईरेक्टर/प्रमुख कार्यकारी रहने छन् । त्यस संस्थाले एयरलाइन्स कम्पनीलाई लाइसेन्स दिने देखि नियामनका सबै काम गर्ने छ । उक्त संस्थाको अधिकार क्षेत्र भित्र हवाई सेवा प्रदायक सहित मेन्टिनेन्स संस्था, एरोडम अपरेटर, एयर नेभिगेसन सर्भिस प्रदायक म्यानिफ्याक्चरर, तालिम लागाएका रहेको प्राधिकरणका महाप्रवन्धक सन्जीव गौतमाले बताएका छन् ।

आइकाओले नियम बनाउने र कार्यन्वयन गर्ने निकाय अलग अलग हुनुपर्ने सल्लाह दिएपछि बिभाजनको तयारी गरीएको महाप्रवन्धक गौतमले बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice