प्रचण्ड मन्त्रीमण्डलमा आशालाग्दा तीन अनुहार

प्रचण्ड नेतृत्वको सरकारले आफ्नो हनिमुन पिरियड पूरा गरेको छ । तीन महिनाको अवधीलाई हनिमुन पिरियडको रुपमा हेर्ने गरिन्छ । २७ क्याविनेट र ४ राज्यमन्त्री सहित ३१ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना मात्र आशालाग्दा मन्त्रीहरु देखिएका छन ।

ति हुन स्वास्थमन्त्री गगन थापा,उद्योगमन्त्री नबिन्द्रराज जोशी,उर्जामन्त्री जर्नादन शर्मा ।आशतित ढंगले हेरिएका मन्त्री हुन गगन थापा । उनको यो अवधीलाई मोटामोटी हेर्दा  हरेक अस्पतालले फार्मेसी चलाउनुपर्ने नियम बनाउनुका साथै निःशुल्क वितरण हुने औषधीको टेण्डर प्रक्रिया शुरु गर्ने, स्वास्थ्य संरचनाका लागि प्रतिवेदन बुझाउन उच्चस्तरीय समिति गठन गर्ने लगायतका काम थालनी गरेका छन ।

gagan

त्यस्तै विशिष्ट योगदान गरेका ब्यक्तिलाई उपचारका लागि वितरण हुने गरेको करोडौं रुपैयाँलाई बढीमा १५ लाख रुपैयाँमा झार्ने गरि कानुन संशोधनको तयारी पनि मन्त्री थापाले थाल्नुभएको छ । यस्तै मृगौलाका विरामीलाई सवै डायलासिस निःशुल्क गराउने व्यवस्था पनि स्वास्थ्य मन्त्रालयले गरेको छ ।

pBf]udGqL hf]zL gjlgo'Qm pBf]udGqL gjLGb|/fh hf]zL dGqfnodf z'qmaf/ kbef/ u|x0f ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;

यस्तै उद्योग मन्त्री नविन्द्रराज जोशीले बन्द भएका सरकारी स्वामित्वका उद्योग सञ्चालनको अग्रसरता लिएर राम्रो सुरुवात गर्नुभएको छ । जसकै सुरुवात स्वरुप नेपाल औषधी लिमिटेडले औषधी उत्पादन सुरु गरेको छ भने हेटौंडा कपडा उद्योग सञ्चालनको खाका पनि तयार पारिएको छ । जसअनुसार नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरी र सरकारले २५÷२५ प्रतिशत लगानी गरेर उद्योग चलाउने तयारी गरेको छन ।

janardan-sharma

यस्तै उर्जा मन्त्री जनार्दन शर्माले पनि आफ्नो सक्रियता देखाएकाछन ।  उनको अग्रसरताका कारण ११ करोडभन्दा बढी बक्यौता उठेको छ । त्यसैगरि काठमाडौमा लोडसेडिङ घटाउने तथा वैदेशिक रोजगारीमा गएकाहरुलाई जलविद्युतमा लगानी गर्ने ब्यवस्था गर्ने लगायत गृहकार्यपनि उर्जा मन्त्रालयले गरिरहेको छ । सय दिनमा अरु मन्त्रीले उल्लेख गर्नेगरि काम गर्न सकेको देखिँदैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice