bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/36587 ) ) )

प्रधानमन्त्री प्रचण्डले ओलीलाई मनाउन सकेनन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सभामुख कार्यकक्षमा दोस्रोपटक छुट्टाछुट्टै भेटवार्ता भएको छ ।

संविधान संशोधन विधेयकमाथि केन्द्रीत रहेर सभामुख कक्षमा हिजो साँझ छुट्टाछुट्टै भेटवार्ता भएको हो ।

हिजो सभामुख कक्षमा दुर्व शिर्ष नेताहरुबीचमा उक्त संविधान संशोधन बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी गराएका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले तपाईको अनुमति विना कसरी संविधान संशोधन प्रस्ताव दर्ता गर्ने ? त्यसैले अनुमति दिनुपर्यो भन्नुभएको थियो । तर अध्यक्ष ओलीले औचित्य पुष्टि नभएसम्म संविधान संशोधन प्रस्ताव दर्ता नहुने बताउनुभएको थियो । आचार्यले भने– ‘तर सकारात्मक कुरा भएको छ ।’

यसअघि,प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको विधेयकमा अंगीकृत नागरिकता लिएका नागरिकलाई पनि संवैधानीक अगंको प्रमुख पदमा आसिन हुन पाउने व्यवस्था लागू गर्न आँटेको समाचार बाहिर प्रकाशमा आएसँगै उनीमाथि चौतर्फी हमला भएको छ । तर प्रधानमन्त्री प्रचण्डले भने आफूले कुनै हालतमा त्यस्तो किसीमको काम नगरेको बताउदै आएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice