हिमानीलाई अगाडि लगाएर पूर्वराजा लागे सिंगापुर

केही दिन अगाडि पशुपति वनकालीमा जोगीहरु भेला गराएर विद्रोह गर्ने चेतावनी दिएका पूर्वराजा ज्ञानेन्द्र शाह आजै सिंगापुर तिर लम्कदैछन ।  बुहारी हिमानी शाहलाई साता अगाडि नै सिंगापुर पठाएका पूर्वराजा ज्ञानेन्द्र आज सिंगापुर जाँदैछन । पूर्वराजा ज्ञानेन्द्रको सचिवालयले यो भ्रमणलाई नीजि भनेको छ । भ्रमण कति दिनको हुनेछ त्यो खुलाइएको छैन ।

सिंगापुरबाट उनीँ भारततर्फ जाने कार्यक्रम रहेको छ । भारतमा रहँदा पूर्वराजा ज्ञानेन्द्र शाहले भारतका उच्च अधिकृतहरुसँग भेटघाट हुने कार्यक्रम रहेको बताइएको छ ।

उनको भ्रमणमा पूर्वयुवराज्ञी हिमानी शाह पनि सहभागी हुनेछिन् । पूर्वराजाका साथमा उनका स्वकीय सचिव सागर तिमल्सिना पनि रहने पूर्व राजाको सचिवालयले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice