एमाले गाउँ पस्यो

काठमाडौ । संविधान संसोधको चर्काे बहस चलिरहेको बेला एमाले पार्टीका शीर्षस्थ नेताहरु पार्टीको आन्तरिका भेला तथा प्रशिक्षण भन्दै गाउँ पसेका छन् । कांग्रेस माओवादीले अंगीकृत नागरिकता पाएकाहरुले पनि राज्यको संवैधानिक निकायको प्रमख हुन पाउने गरि संविधान संसोधनको गृहकार्य गरिरहँदा एमालेका नेताहरु भने गाउँ पसेका हुन ।

एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार ‘उपाध्यक्ष भिम रावल, युवराज ज्ञावाली सहितको टोलि पार्टीको आन्तरिक भेला तथा प्रशिक्षणका लागि सुदुर पश्चिमको धनगढी पुगेकाछन् ।

त्यस्तै महासचिव विष्णु पौडेल पनि पार्टीको आन्तरिक भेला तथा प्रशिक्षामा पूर्वी नेपालको सोलु पुगेका छन् ।

उता पूर्व अर्थमन्त्री विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरु प्रदेश नंम्बर ५ को भेला तथा प्रशिक्षणको क्रममा बुटवल पगेका छन् ।

अर्का सचिव प्रदिव ज्ञावाली पार्टीको आन्तरीका भेला तथा प्रशिक्षणमा अर्घाखाँची पुगेका छन् ।

केहि दिन अघि मात्रै एमालेका नेताहरु मधेसका जिल्ला जिल्ला पुगेका थिय । मधेसको भ्रमण सकेर राजधान्नी फर्केको केहि दिनमै पुनः गाउँ पस्न थालेका हुन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice