बोराभित्र महिलाको शव फेला, हत्या भएको आशङ्का

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

बोडेबाट मूलपानीतर्फ जाने मूल सडकबाट खेततर्फ जाने भित्र सडकको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

मृतक महिलाको टाउकामा चोट देखिएको जानकारी दिँदै उनले हत्या गरेर बोरामा हालेर एकान्त रहेको स्थानमा ल्याएर फ्याँकिदिएको हुन सक्ने आशङ्का रहेको बताएका छन् । मृतक महिला स्थानीय बासिन्दा नभएको र पहिचान पनि नभएको उनी बताउ छन् । अहिले प्रहरी वृत्त थिमि र अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन् ।

खेतमा गएर फर्कंदै गरेका स्थानीयवासीले शनिबार साँझ बोराभित्र महिलाको टाउको मात्रै देखिने गरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice