नाबालिका बलत्कार गर्दै, पूर्वराजा ज्ञानेन्द्र शाहको नाम बेच्दै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारिक नातेदार बताउँदै आएका एक व्यक्ति १० वर्षे बालिकामाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

पूर्वराजाको निवास रहेको नागार्जुन निवास नजिकै बस्दै आएका राजुबाबु शाहलाई महानगरिय प्रहरी बृत स्वयम्भूले पक्राउ गरेको हो ।
पिपुल्स एकेडेमीको प्राथामिक तहमा पढ्ने एक बालिकामाथि उनले बलात्कार गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत कात्तिक १२ गते शुक्रबारको दिन जनउद्दार माबिको टिएलसी भवनमा ती नावालिकामाथि शाहले बलात्कार गरेको पीडितको आरोप छ ।
महानगरिय प्रहरीबृत स्वयम्भूमा हिरासतमा रहेका राजबाबुलाई मुद्दा चलाइसकिएको स्वयम्भूका प्रहरी नायब उपरिक्षक कोमल शाहले बताए । ५० वर्षिय राजुबाबु नागार्जुन नगरपालिका ४ का स्थायी बासिन्दा हुन् ।

आर्थिक लेनदेनमा मुद्दा मिलाउन खोजिएपछि विद्यार्थीहरुले अस्ति शुक्रबार स्वयम्भू प्रहरीमा प्रदर्शन समेत गरेका छन् । अखिलक्रान्तिकारीको नेतृत्वमा आएका बालबालीकाहरुले स्वयम्भू प्रहरी अगाडी अभियुक्तलाई कारबाही माग गर्दै दबाव दिएका हुन् ।
राजुबाबु पूर्व राजा ज्ञानेन्द्र शाहको आफन्त भन्ने थाहा पाएपछि प्रहरीले मुद्दा चलाउन आनाकानी गरेको छ । पीडितले जाहेरी दिएपनि राजुबाबु विरुद्ध अभियुक्तको व्यबहार गर्न सकेको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice