राष्ट्रपति भण्डारीको भारत भ्रमण चाँडै

काठमाडौं । सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमण नसकिँदै राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणको तयारी सुरु गरेको छ ।

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा थप विश्वास जगाएको निषकर्ष निकालेसँगै राष्ट्रपति भण्डारीको भारत भ्रमणको तयारी थालेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैंठकमा राष्ट्रपति भण्डारीको भारत भ्रमण चाँडै हुने भएको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी गराएका छन् । साथै परराष्ट्रमन्त्रालयले भ्रमणको तयारी गर्ने उनले बताए । आज बसेको मन्त्रिपरिषदको बैंठकले निक्षेप तथा कर्जा सुरक्षा निगमको अध्यक्षमा राजन खनाललाई नियुक्ति गरिसकेको छ ।

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आज भारतीय राष्ट्रपति मुखर्जीको विदाई गर्नेछन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice