हाँस्दै गोवा भ्रमण गएका सभापति देउवाको रुने दिन आयो

काठमाडौं । सत्तासाझेदार दल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलका छोरा सौर्य डोभलको बिशेष निमन्त्रणामा बिहान आठ बजे सरकारी जाहाजमार्फत गोवा गएका छन् ।

थिंकट्यांक इण्डिया फाउण्डेशनले आयोजना गरेको ‘इण्डिया आइडियाज कन्क्लेभ’ कार्यक्रममा तिब्बती पृथकतावादी नेताहरुको सहभागीता रहेको छ । उक्त कार्यक्रममा तिब्बती सरकारका प्रधानमन्त्री लोब्साङ साङगेले प्रत्यक्ष रुपमा सहभागी जनाएका छन भने तिब्बतका निर्वासित नेता तथा अभियन्ता दलाइ लामाले भिडियोमार्फत सम्बोधन गर्नेछन ।

‘एक चीन नीति’ लिएको नेपालको प्रमुख सत्तारुढ दल कांग्रेसका सभापति देउवालाई निमन्त्रणा गरी आयोजना गरिएको कार्यक्रममा कांग्रेस सभापति देउवा प्रमुख वक्ताका रुपमा छानिएका हुन । भने निर्वासित  ‘तिव्वती सरकारका प्रधानमन्त्री’ लोब्साङ साङ्गे देउवासँगै प्रत्यक्ष सहभागी हुँदैछन् ।

यसरी ‘एक चीन नीति’ अख्तियार गरेको नेपाल र नेपाली नेताहरुले स्वतन्त्र तिव्वत पक्षधर गतिविधिमा आफूलाई असंलग्न राख्दै आएका थिए । तर अचानक सभापति देउवाको गोवा–सहभागितालाई कुटनीतिक वृत्तमा आश्चर्यजनक हेरिएको छ ।
सभापति देउवाको गोवाको सहभागिताले नेपालको सबभन्दा ठूलो दलका सभापति विवादमा तानिने र नेपाल–चीन सम्बन्धमा  यसले असर पार्नसक्ने जानकारहरुले बताएका छन् ।

‘इण्डिया एट सेभेन्टीः डेमोक्रेसी, डेभलपमेन्ट एन्ड डिसेन्ट’ बिषयक उक्त कन्क्लेभमा भाजपा अध्यक्ष अमित शाह, भारतका अर्थमन्त्री अरुण जेट्ली, रक्षामन्त्री मनोहर परिकर, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान, विदेश राज्यमन्त्री एमजे अकवरलगायतले बोल्नेछन् ।  देउवाले दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने जनाइएको छ ।

यता, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण नसकिँदै किन सभापति देउवा गोवा जान लागेका हुन भन्ने विषयलाई पनि  चासोको रुपमा हेरिएको छ । उनी तीन दिनका लागि गोवा गएका हुन ।

2 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice