bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/11/36194 ) ) )

जनकपुरमा राष्ट्रपति मुखर्जीको स्वागतका लागि ४५ वटा स्वागतद्वार निर्माण

काठमाडौं । बुद्ध एयरको विमान चढेर भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज (शुक्रबार) जनकपुर र  पोखरा दुवै स्थलको भ्रमण गर्ने भएका छन् ।

बुधबार १७ गते देखि तीन दिने नेपाल भ्रमणमा आएका राष्ट्रपति मुखर्जीको जनकपुर र पोखरा अन्तिम भ्रमण स्थल रहेको छ ।
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बिहान १०ः५५ मा जनकपुर भ्रमणका लागि राष्ट्रपति मुखर्जी निस्कन लागेका छन् । मुखर्जीको स्वागतका लागि स्थानीयबासीहरुले जनकपुरको विमानस्थलदेखि जानकी मन्दिर सम्म करिव ३ कि.मी. को दुरीमा ४५ वटा स्वागतद्वार निर्माण गरिएको छ । ती स्वागतद्वार ७० मिटरको दुरीमा निर्माण गरिएको छ ।

राष्ट्रपति मुखर्जी जनकपुरमा करिब तीन घण्टा सम्म बस्नेछन् । त्यसलगत्तै जनकपुरबाट बुद्ध एयरको विमानमा उनी करिब पौने एक बजे पोखरा विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । त्यहाँ रहदा मुखर्जीले भारतीय पेन्सन क्याम्पमा रहेका भूतपूर्व भारतीय सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दुवै भ्रमणस्थलको करिब तीन–तीन घण्टे कार्यक्रम सकेर मुखर्जी काठमाडौं फर्कनेछन् । चार बजे त्रिभुवन विमानस्थलमा उत्रिएपछि उनी भारत फर्कने छन । राष्ट्रपति विद्या भण्डारीले उनको विदाई गर्ने भएका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice