मापसे विवादमा स्थानीयवासीले गरे प्रहरी चौकीमाथि आक्रमण

काठमाडौं ।  पूर्वी सुर्खेतको आग्रीगाविसको देउली प्रहरी चौकीमा मंगलबार राती आक्रमण गरी हतियार लुटेको आरोपमा प्रहरीले गाविसका प्राविधिक साहायक बीपी सिंहसहित अन्य छ जना  पक्राऊ गरेको छ ।

मंगलबार राती भएको सो आक्रणमा, प्रहरी चौकिबाट  दुई नाल थ्री नट थ्री राइफल, त्यसमा लाग्ने एक सय पचास राउण्ड गोली, एक थान चाइनिज पेस्तोल र त्यसमा लाग्ने आठ राउण्ड गोली लुटेर लगेका थिए ।

 

चौकी आक्रमण गर्ने र हातहतियार लुट्ने काम कुनै भूमिगत समूहले नभई स्थानीय बासिन्दाले नै गरेको खुलेको छ।  करिब ३० जनाको सङ्ख्यामा घरेलु हतियारसहित आएका स्थानीय युवाले चौकीबाट तीन वटा राइफल, २०० थान गोली, चाइनिज पेस्तोल, हत्कडीसहित लुटेका हुन्।

उनीहरुले चौकी आक्रमण गर्नुको कारण भने सामान्य छ। क्षेत्रीय प्रहरी प्रमुख डिआइजी माधवप्रसाद नेपाल भन्छन्  रक्सीको विषयमा प्रहरी र स्थानीय केही युवासँग भएको विवादले नै चौकी आक्रमण भएको हो।

 

चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले देउली गाविससँग सीमाना जोडिएको काफलकोट गाविसका केशरसिंह ठकुरी, तिलक सिंह, प्रेम खत्री, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंहलगायतलाईपक्राउ गरेको छ ।

चौकी आक्रमणबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट एसपीसहितको टोली घटनास्थल पुगेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice