विश्वका दश करोडभन्दा बढीले हेरिसकेका यी हुन नेपाली सुन्दरी तरकारीवाली

भारतीय राष्ट्रपति प्रणव मुर्खजीको नेपाल भ्रमणकै समयमा इन्टरनेटमा भने अर्कै तस्विर भाइरल बनेको छ । तरकारी बोक्दै गरेकी एक जना सामान्य नेपाली युवतीको तस्बिर यतिखेर इन्टरनेटमा भाइरल बनेको हो ।tarkariwali

भारतीय पत्रिका हिन्दुस्थान टाइम्सले यस्लाई समाचार बनाएर प्रकाशन गरेको छ । तरकारी वोक्दै गरेकी ति सुन्दरी युवतीको रुपको प्रसंसा समेत धेरैले गरेका छन् ।
फोटोग्राफर रुपचन्द्र महर्जनले खिचेका उनका तस्बिरहरु अहिलेसम्म इन्टरनेटमा करोडौँले हेरिसकेका छन् । उनको तस्बिरले भारतका चर्चित मिडियाहरुमा पनि स्थान पाएको छ । हालसम्म १० करोडभन्दा बढीले उनलाई इन्टरनेटमा हेरेका छन् ।

Related Posts
Don't miss it
Editors choice