मध्यराती प्रहरी चौकीमा आक्रमण, तीन थान राइफल लुटियो

सुर्खेत । तिहारको रमझममा सबै झुमिरँहदा   सुर्खेतको पूर्वी क्षेत्र अग्रिगाउँ स्थित देउली प्रहरी चौकीमा गएराती आक्रमण भएको छ ।

तिहारको मध्यरातमा गरिएको सो आक्रमणका आक्रमणकारीहरुको भने पहिचान हुन सकेको छैन । मध्यराती चौकीमा आक्रमण गरी उनीहरुले   प्रहरी प्रहरी चौकीबाट तीन थान राइफल र एउटा पेस्तोल लुटेर लगेको प्रहरीले जनाएको छ ।

अहिले सुर्खेतको पूर्वीक्षेत्रमा आक्रमणकारीको खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice