राष्ट्रपति प्रणव मुर्खजीलाई बोक्न भारतबाटै ल्याइयो तीन वटा बुलेट प्रुफ कार

भारतीय राष्ट्रपति प्रणव मुर्खजी आजै मध्यान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रदैछन । उनी एयर इन्डियाको विमान चार्टड गरी नेपाल उत्रदैछन ।
१८ वर्ष पछाडि हुन लागेको भारतीय राष्ट्रपतिको भ्रमणलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । भारतीय राष्ट्रपति मुर्खजीको साथमा त्यहाँका एक राज्यमन्त्री र चार जना सांसद समेत नेपाल आउने भएका छन ।

pranab-mukherjee
राष्ट्रपति मुर्खजी सँगै त्यहाँका रक्षा राज्यमन्त्री सुभाष भमरे,सांसदहरु भुवनेश्वर कलिटा,एल गणेशन,जगदम्बिका पल र आरके सिंह सहभागी हुँदैछन ।
भरतीय राष्ट्रपतिका लागि तीन वटा बुलेट प्रुफ कार भारतबाट ल्याइसकिएको छ । भारतीय वायुसेवाको विशेष विमानले उक्त वुलेट प्रुफ सोमबार नै ल्याएको हो ।
तीन वटा बुलेट प्रुफ कार मध्ये एउटा राष्ट्रपति मुर्खजीको सवारीको लागि काठमाडौं र अरु दुई क्रमस पोखरा र जनकपुर पठाइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice