प्रधानमन्त्री प्रचण्डको निधार, उनका पाँच बहिनीको हात खाली

६ बहिनी र एक भाईमा जेठा दाजु हुन पुष्पकमल दाहाल । माइली बहिनी ताराको निधन भएपछि हामी पाँच बहिनी छौं ।
आज हामी पाँचै बहिनीहरु अप्सरा, सीता, कमला, विष्णुमाया र सरस्वतीलाई दाईले बालुवाटार बोलाएका छन ।
२०५२ सालमा सशस्त्र युद्ध सुरु गरेर भूमिगत भएपछि दाइलाई तिहारमा टीका लगाउने अवसर जुटेको छैन । हाम्रा पाँचै बहिनीले पनि ०५१ सालपछि दाजु प्रचण्डको निधारमा हात राख्न पाएका छैनौं । ०५० सालसम्म प्रचण्डले बहिनीहरुको हातबाट टीका लगाउने गरेको थिए ।
जेठो दाजु प्रचण्डले टीका नलगाए पनि भाई गंगारामले भने टिका लगाउने गरेका छन । लन्डनमा स्थायी रुपमा बसोबास गर्ने गंगाराम तिहारमा भ्याएसम्म नेपाल आउने गरेका छन् । टिका लगाउनु नलगाउनु दाजुको इच्छा हो । हामीले केही भनेका छैनौं । दाजुको खुशी नै हाम्रो खुशी हो ।

2 Comments
  1. प्रचण्ड को बाऊ माओ को एकछाके पर्छ भाइ टीकामा र दशैमा आमाको, त्यसैले प्रचण्डेले टीका लगाउनु हुदैन।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice