‘क्यान्सरबाट मुक्ति पाए,नेपाली समुदायको सद्भावले मेरो रोग निराकरण भयो’

अब म क्यान्सरको सङक्रमणबाट मुक्त भएको छु । मेरो उपचारमा संलग्न चिकित्सक, सहयोग गर्ने नेपाल सरकारका निकाय, अमेरिकास्थित नेपाली दूतावास र अमेरिकामा रहेका नेपाली समुदायको सद्भावको कारणले मेरो रोग निराकरण भएको छ ।

नियमित व्यायाम र सन्तुलित आहारले मेरो स्वास्थ्य सवल बन्ने विश्वास लिएको छु । चिकित्सकले चेकजाँचको लागि ५/६ महिना पछि फेरि आउनु भन्नुभएको छ ।
म नेपालीको महान् चाड तिहार, छठ र नेपाल संवत्को अवसरमा सबै नेपालीमा एकता मेलमिलाप र सद्भाव कायम गर्दै समृद्ध नेपाल निर्माणमा योगदान पु¥याउन आफ्नो स्थानबाट सहयोग गर्न अपिल गर्दछु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice