जब प्रधानमन्त्री प्रचण्ड र रामचन्द्र पौडेललाई सिस्नुपानीले हानियो …

काठमाडौं ।  बर्षभरी भएका चर्चित घटनालाई सिस्नुपानी नोपलले देउसी भैलोमार्फत तिखो व्यग्य वाण हान्दै आएको छ ।

आइतबार त्यस्तै दृश्य देखियो नेपाल प्रज्ञा प्रतिष्ठानमा । अगाडि मञ्चमा  प्रधानमन्त्री देखि पूर्व प्रधानमन्त्री ,मन्त्री र विभिन्न पार्टीका शिर्षस्थ नेताहरुलाई राखेर सिस्नुपानी नेपालले व्यग्यवाण प्रहार गरिरहे ।

त्यही झटारो खान पुगेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल देखि काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसम्म् ।लोकमान प्रकरण,डा केसीको अनसन प्रकरण माथि व्यग्य हान्दै उनीहरुले  काग्रेस पार्टी भाले हो वा पोथी हो भन्दै  देउसी मार्फत व्यग्य ठोकिहाले ।

त्यतिबेलासम्म रामचन्द्र पौडेल लाजले रातो मुख लगाएर बसिरहेका थिए भने प्रधानमन्त्री प्रचण्ड मुसुमुसु हासिरहेका थिए ।   सिस्नुपानीले प्रचण्डलाई पोल्ने पालो आइहाल्यो ।  सिस्नुपानीले व्यग्य मार्फत ठोकिहाले

प्रधानमन्त्री प्रचण्डका केटाकेटी पिए छन
खेल्दाखेल्दै फेसबुकको  प्वाल पारी दिए छन
आफूलाई बचाँउदै हल्लीखल्ली मच्चउदै
जाने भयो नौ महिना त्रुटी सच्चाउदै   

त्यतिखेर प्रचण्डको अनुहार हेर्नलायक थियो । उनी लाजले रातो अनुहार पार्दै शीर निहुराइरहेकाथिए ।  यता,सिस्नुपानी देउसी भैलो कार्यक्रममा बोल्दै प्रचण्ड र पौडेलको जुहारी चल्यो । 
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई सिस्नो पानीले नपोल्ने बताए पछि त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले ‘प्रधानमन्त्री भएपछि सिस्नो पानीले पोल्छ पोल्दैन त्यो पछि नै थाहा हुन्छ भन्दै जवाफ फर्काएका थिए ।

अगाडि नेता पौडेलले भने ‘मेरो आफ्नो छाला पातलो छ कहिल्यै सिस्नु पानीले पोल्दैन ।’ त्यसपछि प्रधानमन्त्री दाहालले भने, “मलाई सिस्नुले पोल्दैन त भन्नु भयो प्रधानमन्त्री भएपछि थाहा पाउनु हुनेछ पोल्छ कि पोल्दैन ।’

प्रज्ञा सिस्नुपानी जागरण देउसी २०७३

भन भन भाइ हो –नौ मैना

गन गन बैनी हो –नौ मैना

गर्भमा मान्छे –नौ मैना

सरकारका भान्छे – नौ मैना

मनमोहन सरकार  –नौ मैना

ओली सरकार  –नौ महिना

प्रचण्ड सरकार –नौ मैना

पख पख देउवा       –नौ मैना।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice