तिहारभर लोडसेडिङ हुदैन– कार्यकारी निर्देशक घिसिङ

काठमाडौं ।  नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारभर लोडसेडिङ नहुने  बताएका छन् । अहिले, हप्तामा ६ घन्टासम्म लोडसेडिङ हुँदै आएको छ ।

कार्यकारी निर्देशक घिसिङका अनुसर तिहारमा बिजुलीको खपत अत्यधिक हुने भएपनि धेरै उद्योग,धन्धाहरु बन्द हुने भएकाले लोडसेडिङ नहुने उनको भनाई रहेको छ । उनले भने तिहार भनेको झिलीमिली बत्तीको चाड हो, हामी उपभोक्ताको संवेदनाप्रति निकै संवेदनशील छौं ।

आज लक्ष्मी पुजाको दिन अधिकतम् १३ मेगावाट विजुलीको माग हुने घिसिङको भनाई रहेको छ । उनले भने तिहारभर म आफु स्वयं बसेर प्राधिकरणको भार प्रेसणको सिस्टम कन्ट्रोल गर्नेछु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice