bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/10/35927 ) ) )

राष्ट्रपति मुखर्जीको सवारीमन्त्रीमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डेयनमन्त्री शाही

काठमाडौं । नेपालको राजकिय भ्रमणमा आउन लागेका राष्ट्रपति प्रणव मुखर्जीको सवारीमन्त्रीमा संस्कृति , पर्यटन तथा नागरिक उड्डेयनमन्त्री जीवनबहादुर शाहीले जिम्मेवारी पाएका छन् ।

यो अन्र्तराष्ट्रिय कूटनीतिक अभ्यास हो । सवारी मन्त्रीले नेपाल भ्रमणमा आएका पाहुनालाई जाने ठाउँमा अगाडि लागेर बाटो देखाउने काम गर्नुपर्छ । सवारी मन्त्रीसँग शिष्टाचार ज्ञानसमेत हुनुपर्छ ।

यता, सवारीमन्त्रीको जिम्मेवारी पाएका  शाहीले भारतीय राष्ट्रपति मुखर्जीको भ्रमण तालिकाअनुसार जाने भनिएको ठाउँ जनकपुर र पोखराको स्थलगत अनुगमन गरिसकेका छन् । उनी पुनःनिरीक्षणका लागि शनिबार पोखरा गएर आइतबार काठमाडौं फर्किएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले यही कात्तिक १७ गतेदेखि १९ गतेसम्म नेपालको भ्रमण गर्दैछन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice