bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/10/35905 ) ) )

राष्ट्रपति भण्डारीले मुखर्जीलाई विमानस्थलबाट ल्याएपछि प्रचण्डले ‘डिनर’ गराउने

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई लिन नेपालकी राष्ट्रपति विद्या भण्डारी बुधबार त्रिभुवन अन्र्तराष्ट्रिय विमास्थलमा जाने भएकी छिन् ।

शनिबार नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुखर्जी नेपाल भ्रमणको कार्यक्रम सार्वजनिक गरेको हो ।
मन्त्रालयका बताएअनुसार राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति मुखर्जीलाई  विमानस्थलमा  पुगेर स्वागत गर्ने भएका छन्् । यता, प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपतिको सम्मानमा डिनर राखेका छन् । सरकारले मुखर्जीको नेपाल भ्रमणको अवसरमा सार्वजनिक विदा समेत दिइसकेको छ ।

भारतीय राष्ट्रपति मुखर्जीले त्यही दिन शीतल निवासमा नेपाली समकक्षी भण्डारीसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।  मुखर्जीले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलाई भट्ने छन् भने बिहीबार विहान भारतीय राष्ट्रपति पशुपतिको दर्शन गर्नेछन् । र उनी काठमाडौं विश्व विद्यालयको कार्यक्रममा सहभागी हुनेछन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice