महाअभियोगको निर्णय संसदीय दलले गर्छ–परराष्ट्रमन्त्री महत

चितवन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसको संसदीय दलले अख्तियार प्रमुखमाथिको महाअभियोग विषयको टुङ्गो लगाउने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता समेत रहेका डा महतले पार्टीको केन्द्रीय समितिले यो विषयको टुङ्गो लगाउने जिम्मा संसदीय समितिलाई दिएको बताए ।
न्यायिक प्रक्रिया अघि बढिरहेको भन्दै उनले यसको टुङ्गो लाग्दै गर्दा काँग्रेसले पनि निर्णय लिने उल्लेख गरे।
नेपाली काँग्रेस परिपक्क पार्टी भएको भन्दै उनले न्याय र सुशासनको पक्षमा पार्टी कहिल्यै नचुक्ने बताए ।

फरक प्रशङ्गमा मन्त्री महतले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा कुनै सन्धि सम्झौता नहुने बताए । कार्यकारी तहबाट सहमति सम्झौता हुने भन्दै उनले भारतीय राष्ट्रपति संवैधानिक राष्ट्रप्रमुख भएकाले यो भ्रमण सद्भाव भ्रमण भएको स्पष्ट पारे ।

हालै मात्र भारतमा भएको दुई देशको बैठकमा नेपालका पक्षबाट महत्वपूर्ण प्रस्ताव पेस भएको भन्दै उनले भारत जान साथै केकेन दिन्छन् भन्ने भ्रमलाई चिर्दै यस पटकको बैठकमा नेपालको स्वार्थ र आवश्यकतालाई ध्यानमा राखेर कुरा अगाडि बढाएको बताए ।  रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice