स्वास्थ्यमन्त्रीको प्रेस संयोजकमा जीवन भण्डारी नियुक्त

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का उप–सम्पादक जीवन भण्डारी स्वास्थ्यमन्त्री गगनकुमार थापाको प्रेस संयोजकमा नियुक्त भएका छन् ।

पाल्पाको जनचेतना साप्ताहिकबाट विसं २०५९ देखि आमसञ्चारको क्षेत्रमा काम गर्न सुरु गरेका भण्डारी देउराली दैनिक बुटवल, बुटवल एफएम, नेपाल एफएम नेटवर्क, रेडियो आँधीखोला, नेपालवाणी नेटवर्क हुँदै २०७१ बाट राससमा काम गर्दै आएका छन् ।

भण्डारी नेपाल प्रेस युनियन बुटवलको सहसचिव, काठमाडौँ शाखाको सचिव, उपाध्यक्ष हुँदै हाल सल्लाहकार भएका छने ।

डेढ दशकदेखि पत्रकारिता अनुभव सम्हाल्नुभएका भण्डारीले आमसञ्चार तथा पत्रकारिता र समाजशास्त्रमा स्नाकोत्तर गरेका छन् । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice