स्थानीयबासी भन्छन ‘धुर्मुस सुन्तली त ‘देउतै’ रहेछन

भूकम्प गएको १८ महिना भयो । सरकारले भूकम्पपीडितहरुकालागि पहिलो किस्ता नै वितरण गर्न सकेको छैन । तर,एक जना कलाकारको जोडीले आफ्नो काखे बच्चा छाडेर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पपीडितका लागि ६४ वटा घर निर्माण पूरा गरेको छ ।

कलाकार कट्टेलले ६४ घर बनाउन पाँच करोड रुपैयाँ खर्च भएको र त्यो पैशा शुभेच्छुकहरुले दिएको खुलस्त भन्दै आएका छन् । उनले बस्ती बनाउन पुग्ने सहयोग प्राप्त भएपछि थप सहयोग नलिने घोषणा गरेका थिए ।1n4a8882

 

धुर्मुस र सुन्तलीको अहिलेको एकीकृत वस्ती निर्माणमा पाँच हजार स्वयंसेवकहरुले श्रमदान गरेका छन् । धेरै मानिसहरुले उनीहरुको फाउन्डेसनलाई सहयोग गरेका छन् ।

असार २० गते बस्ती निर्माण शुरु गरेका सीतारामको सपना हालै साकार भएको छ ।तामाङहरुको बाहुल्यता रहेको गिरानचौरमा स्थानीयले धुर्मुसलाई ‘देउतै रैछन्’ भन्ने गरेका छन् । एकीकृत बस्तीमा रहेका ६४ वटै घरलाई होमस्टेमा प्रयोग गर्न मिल्ने गरी तयार पारिएको छ । सबै घर अगाडि दुईवटा फूल, घरपछाडि दुईवटा फलफूलका बिरुवा रोपिएको छ ।
घरमा निलो, सेतो र रातो रङ लगाइएको छ । नेपालको झन्डामा पनि यीनै रङ छन् । यी सबै घर अपांग,बाल र वातावरण मैत्री र भूकम्पप्रतिरोधी छन् ।

index

बस्तीका प्रत्येक घरले सडक छुन्छ । चौक चौकमा बालउद्यान र पार्क बनाइएको छ । यो वस्तीमा पानीको स्रोत थिएन । आठ सय मिटर तलबाट लिफ्ट गरेर पानीको प्रबन्ध मिलाइएको छ । हरेक घरमा शौचालय, बाहिर सार्वजनिक शौचालय बनाइएको छ । राष्ट्रपतिले चाबी हस्तान्तरण गरेपछि ६४ परिवार शुक्रबार नै आफ्नो नयाँ घरमा सर्नेछन् । यी घरको चाबी आजै राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपीडितहरुलाई हस्तान्तरण गर्दै छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice