bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/10/35638 ) ) )

प्रचण्ड, देउवा र माधवकुमार नेपालको घरमा भारतीय राजदुत रञ्जित रेको ‘देउसी’

नेपालीहरुले  तिहार पर्वको अवसरमा देउसी भैलो खेल्न अझै तीन दिन बाँकी छ । तर भारतीय राजदुत रञ्जित रे भने अचेल हरेक दिन शीर्षस्थ नेताहरुका देउसी खेल्न  धाउन थालेका छन । उनको देउसी भने लोकमानको पक्षमा रहेको छ । लोकमान सिंह कार्कीलाई बचाइदिन माग गर्दै गत बुधबार यताका एक सातामा प्रधानमन्त्री प्रचण्ड,शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधव कुमार नेपालको निवासमा पटक पटक पुगिसकेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत सक्रिय रहेको खुलासा भएको छ ।

कूटनीतिक मर्यादाविपरीत राजदुत रेले  प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्न थालेका छन्।

व्यवस्थापिका संसद्मा बुधबार अख्तियारका प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाअभियोग दर्ता भएपछि मात्रै रेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारस्थित सरकारी निवासमा दुईपटक भेटिसकेका छन्। दुवै भेटमा रे र दाहालबीच ४५ मिनेट लामो वार्तालाप  भएको थियो ।

बुधबार रातिको भेटपछि बिहीबार अपराह्न रे र सिंहसहित अन्य तीन व्यक्तिको समूहले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेको थियो। स्रोतका अनुसार रे बालुवाटार पुगेको केही समयपछि सिंह तीनजना व्यक्तिसहित बालुवाटार पुगेका थिए। रे करिब ४५ मिनेट बसेर निस्किए पनि सिंहको समूहले करिब डेढ घन्टा बालुवाटारमा बिताएको थियो।

नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई रेले बिहीबार भेट गरेका छन्। विश्वस्त स्रोतका अनुसार दुवै भेटको एजेन्डा लोकमानको बचाउ वा नसके सुरक्षित अवतरण रहेको छ।

राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन नागरिक समेत लोकमानको बचाउ अभियानमा सक्रिय भएको स्रोतले दाबी गरेको छ।

रेको प्रस्तावअनुसार प्रधानमन्त्री दाहालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य दलका नेतासँग भेतवार्ता गरिरहेका छन्। बिहीबार मात्र प्रधानमन्त्री दाहाल र नेपालबीच भेटवार्ता भएको थियो।

दुवै भेटमा राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन व्यक्ति रहेको स्रोतले जनाएको छ।

 

 

 

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice