१५ दिन समय दिँदा लोकमानले अन्यत्र पनि हान्ने हो कि भन्ने चिन्ता लागेको छ क्या !

संसदले लोकमान सिंह कार्की महाअभियोगबारे १५ दिनसम्म छलफल स्थगन गरेकोप्रति म सन्तुष्ट छैन । यो प्रकरणलाई चाँडो टुंग्याउनु चाहेको थिए । यो प्रकरणलाई १५ दिन समय दिँदा यसले अन्यत्र पनि हान्ने हो कि भन्ने चिन्ता लागेको छ ।

१५ दिन त किन रोकेको होला ? हाम्रो र मेरो चाहना भन्नुहुन्छ भने छिट्टै होस भन्ने हो । तर, ढीलो भयो ।’
मलाई चिन्ता त्यही छ क्या ! १५ दिन समय छ, अन्त अन्त हान्ला कि ? चिन्ता छ । तपाईहरु (पत्रकारहरु) सबै मिलेर मलाई मद्दत गरिदिनुभयो भने मेरो चिन्ता दूर हुन्छ । सक्दैन कसैले पनि । नेपाल र नेपाली नै मेन हो ।’

खुशीको कुरा यो प्रकरणले दलहरुलाई एकै ठाउँमा ल्याउने वातावरण बनाएको छ । सबैले माहोल बनाउँदा बन्दोरहेछ । महाअभियोगले संविधान संशोधनलाई असर नगर्ने वातावरण बनाउने जिम्मा हामी सबैको हो । यो महाअभियोग र संविधान संशोधन अलग अलग विषय हो । तर, जोडिने खतरा पनि हुन्छ नेपालमा त ।’

तिहार आउँदैछ, छठ पनि आउँदैछ । भारतका राष्ट्रपतिको भ्रमण छ । यी सबै कारणले अलिकति उता लैजाने भन्ने भयो । तर, यसैका कारण कन्फ्यूजन भयो भन्ने होइन ।’
अब अख्तियारमा कसलाई ल्याउने ? हाम्रो समझदारी भएको छ । यसले मलाई सन्तोष लागेको छ । मैले पनि, ओलीजीले पनि र शेरबहादुरजीले पनि एउटै ठाउँमा राम्रोसँग मिलेकै स्पिरिट छ । यसरी जाने है, त्यहाँ विवाद गर्ने होइन है भनेपछि धेरै ठूलो सन्तोषको विषय भएको छ । त्यो समस्या छैन अब ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice