bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/10/35611 ) ) )

शिक्षा, स्वास्थ्य, रोजगारी बारे सरकारले विशेष अभियान सञ्चालन गर्ने–प्रम दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वास्तविक गरिबलाई लक्षित गरेर सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र सीपमूलक कामबारे विशेष अभियान नै सञ्चालन गर्ने बर्ताका छन्  छ ।

नेकपा (माओवादी केन्द्र) पर्वत जिल्लाको प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले दुर्गम जिल्लाका पनि अन्त्यन्त गरिबको लागि रोजगारमूलक कामको सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विकासको दृष्टिले पछाडि परेको पर्वत जिल्लाको विकास र विविध स्थानीय समस्यालाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्रीले सरकार निर्वाचनमार्फत देशमा संविधान कार्यान्वयन गर्ने गृहकार्यमा लागिरहेको जानकारी दिएका छन् । सरकार संविधान संशोधनको अन्तिम तयारी रहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनेमा जोड दिए ।

“संविधान संशोधनबारे छलफल भइरहेको छ, राजनीतिक समझदारीको आधारमा संशोधनपछि सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा गर्नेछ”– प्रधानमन्त्री दाहालले भने । भेटमा माओवादी केन्द्र पर्वतका नेताद्वय नेत्रनाथ अधिकारी र कृष्ण पराजुलीले सहिद परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

त्यसैगरी हुम्ला जिल्लाका प्रतिनिधिसँग आज भएको भेटका क्रममा प्रधानमन्त्री दाहालले मुलुकको अन्त्यन्त विकट क्षेत्र कर्णालीको विकासको निम्ति सरकार प्रतिबद्ध रेको बताएका छन् ।

सोही अवसरमा पूर्व सांसद कर्णजीत बुढाथोकीले अन्य जिल्लाभन्दा हुम्लालाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह गरेका छन् । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice