‘दीप बस्नेतलाई पठाउँदा पार्टीको खर्च उठ्छ । अध्यक्ष ज्यू ! मैले त उनलाई नै पठाउने योजना पो बनाएँ’

लोकमान विरुद्ध महाभियोग दर्ता भइ निलम्बनमा परेसँगै अहिले चिठ्ठा परेको छ दीप बस्नेतलाई । दीप बस्नेतको नियुक्ती चाहिँ कसरी भएको थियो त कहानी रमाइलो छ । राजनीतिक भागबन्डामा संबैधानिक निकायको पदपूर्ति गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एक सदस्यको भाग पाएको थियो । राप्रपाको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्य पद परयो । उक्त पदमा अध्यक्ष पशुपतिशम्सेर राणाले पूर्वजलस्रोत सचिव द्धारिकानाथ ढंगेल नाम तत्कालीन मन्त्री सुनील बहादुर थापालाई टिपाएका रहेछन । राप्रपा निकट स्रोतका अनुसार नाम टिपाएको दोस्रो दिन मन्त्री थापा अध्यक्ष राणाको निवासमा पुगेका रहेछन । उनले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग ढुंगेलको बोलचाल नभएको जानकारी दिदै दीप बस्नेतको नाम लिएका थिए ।
‘दीप बस्नेतलाई पठाउँदा पार्टीको खर्च पनि आउँछ अध्यक्ष ज्यू मैले त उनलाई नै पठाउने योजना पो बनाएँ’ मन्त्री थापाले बस्नेतको नाम मात्र के लिएका थिए, पारो चड्यो अध्यक्ष राणाको ।

‘त्यो कमल थापाको मान्छे हो  । पैसा आउँछ भन्दैमा पार्टीलाई बद्नाम हुने काम नगर्नुस ज्वाई साव’ पशुपति शम्शेरले यति चेतावनी दिँदा पनि बस्नेतलाई नै मन्त्री थापाले अख्तियारको आयुक्त सिफारिस गरेका थिए । अध्यक्षको निर्देशन विपरित मन्त्री थापाले आफ्ना ससुरा हिमालय शम्शेरको आग्रहमा बस्नेतलाई सिफारिस गरेको राप्रपामा चर्चा चलेको थियो । उनले ५० लाखसम्म रकम लिएको आरोप राप्रपाभित्र लाग्ने गरेका थियो ।

अहिले उनै दीप बस्नेत अख्तियारमा लोकमान सिंह कार्की रहे पनि नरहे पनि राजनीतिक आवरणमा अर्बाै भष्ट्रचार गर्नेहरुलाई नछाड्ने निमित्त आयुक्त दीप बस्नेतले बताएका छन । सोही योजना अनुरुप अहिले आयोगका निमित्त प्रमुख दीप वस्नेतको अगुवाईमा एमाले र माओवादी नेताहरुको संलग्नतामा भएका ठूला भ्रष्टाचार काण्डको फाइल झिकिएको चर्चा गर्न थालेका छन ।

माओवादीका शीर्ष नेताहरुको संलग्नतामा सयौैं नक्कली लडाकू खडा गरी राज्यकोषमा अरबौं रुपैयाँ भ्रष्टाचार गरिएको प्रकरण हालसम्म पनि गुपचुप राखिदै आएको छ ।

One thought on “‘दीप बस्नेतलाई पठाउँदा पार्टीको खर्च उठ्छ । अध्यक्ष ज्यू ! मैले त उनलाई नै पठाउने योजना पो बनाएँ’
  1. दीप बस्नेतलाई पठाउँदा पार्टीको खर्च उठ्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice