bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/10/35576 ) ) )

कारबाही नटुगिंदै लोकमान सिंह कार्कीले यसरी दिएका रहेछन राजीनामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आठ वर्षअघि आफूमाथि कारबाही नटुंगिँदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा गरेको भेटिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतबाट प्राप्त कागजात अनुसार सामान्य प्रशासन मन्त्रालयले कारबाही प्रक्रिया जारी राखेको र त्यसक्रममा लोकसेवा आयोगमा परामर्शका लागि पत्राचार गरेकै अवस्थामा कार्कीले २०६५ भदौ २५ गते राजीनामा गरेका हुन् ।

lokman1

उनको उक्त राजीनामा २०६५ असोज ४ मा स्वीकृत भएको थियो । भूकम्पका कारण हराएको भनी सर्वोच्चलाई जवाफ पठाएको प्रधानमन्त्री कार्यालयले सर्वोच्चले कारबाहीको चेतावनी दिएपछि उक्त फाइल भेट्टाएको हो ।

राष्ट्रिय योजना आयोगले कार्यालयका तत्कालीन विशेष अधिकृत लोकमानसिंह कार्कीका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयलाई ०६४ असोजमा लेखेको पत्र ।

Related Posts
Don't miss it
Editors choice