माओवादी- एमालेका दर्जनौ नेतालाई डाम्ने तयारी गर्दैथिए लोकमान

अख्तियार प्रमुख लोकमान सिंह कार्की क्यानडा गएको मौका छोपी रातारात कसरी महाभियोग प्रस्ताव दर्ता भयो ? कहानी भने बडो रोचक छ । लोकमान सिंह कार्की क्यानडाबाट फर्के लगतै उनले एमाले र माओवादी सहित काग्रेसका शिर्षस्थ नेताहरुलाई भष्टाचार प्रकरणमा तान्ने योजना बनाएका समाचार सूत्रको दाबी छ । स्रोतका अनुसार, अख्तियारकै केही कर्मचारीहरुबाट यो सूचना चुहियो । त्यो एमाले र माओवादी शिर्षस्थ नेताहरु सम्म पुग्यो ।

त्यही सँगै एमाले र माओवादी लोकमान विरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न राजी भएका हुन । कार्कीेले अवश्यक अनुसन्धान गरी ठूला माछालाई समात्न तयारी गरिरहेको सूचना चुहेर   दलका शिर्षनेताहरु सम्म  पुग्यो ।  र, कार्की माथी नै महाअभियोग लगाउने तयारीमा नेताहरु लगेको तथ्य फेला परेको छ ।
एमाले, कांग्रेस र माओवादीका करिब सय नेताहरुमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले अनुसन्धान गरिरहेको अख्तियार स्रोतको दाबी छ ।

कांग्रेसका २१, एमालेका तीन दर्जन र माओवादीका दर्जन भन्दा बढी नेताहरुले भ्रष्टाचार गरेको फाईल अख्तियारसँग रहेको गोप्य स्रोतले जनएको छ ।
स्रोतका अनुसार एनसेल कम्पनीका सेयर होल्डर सचिनलाल आचार्य, सतिशलाल आचार्य, यति एयरलाईन्सका अध्यक्ष आङछिरिङ शेर्पा, व्यवसायी दीपक भट्ट, लिटिल एन्जल्स स्कुलका सञ्चालक एवं सांसद उमेश श्रेष्ठ र म्यानपावर व्यवसायी तथा कांग्रेस नेता टेकबहादुर गुरुङ लाई समेत अकुत सम्पत्ति आर्जनको आरोपमा डाम्ने अख्तियारको तयारी थियो ।
त्यस्तै कांग्रेसका अर्का नेता तथा ठेकदार बहादुरसिंह लामाले करिब ८ करोड हिनामिना गरेको फाईल अख्तियारमा सुरक्षित छ । उता सुडान घोटला काण्डमा मुछिएका कांग्रेसका पूर्व गृहमन्त्री एवं नेता कृष्ण सिटौलाले ६५ करोड रकम हिनामिना गरेको फाईल अख्तियारमा छ ।
एमाले नेताहरु अग्नि खरेल, राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, राज्यलक्ष्मी गोल्छा लगायतका लाई अख्तियारले छानबिनको दायरामा राखेको थियो ।

One thought on “माओवादी- एमालेका दर्जनौ नेतालाई डाम्ने तयारी गर्दैथिए लोकमान
  1. Now the reason for the impeachment is very much clear……..politicians wish to be above the law and constitution and want unfettered access to opportunities for corruption……in future they will threaten any future CIAA CHief with the weapon of impeachment if CIAA dares to investigate into their corrupt dealings…..!
    If so, why the hypocrisy that Nepal is against corruption while in fact it is NOT. So dismantle the CIAA and loot as much as the politicians like……….including vehement zealot in name Gagan Thapa……..!!

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice