‘खिचडी’ पकाउँन सभापति देउवा लागे दक्षिणी भेग

काठमाडौं । संसदको ठूलो दल नेपाली काग्रेंसले महाभियोग सम्बन्धिको प्रस्तावमा छलफल गरिरहँदा उता पार्टी सभापति शेर बहादुर देउवाको भने दिल्ली भ्रमणको टुङगो लागिसक्यो ।
पार्टीभित्र लोकमान महाभियोग प्रस्तावमा अन्योल सिर्जना भैंरहदा सभापति देउवा भने भारतको गोवामा इण्डिया फाउण्डेशनले आयोजना गर्न लागेको अन्तराष्ट्रिय सेमिनारमा भाग लिन १९ गते दिल्ली जाने भएका छन् । गोवामा १९ र २० गरी दुई दिनसम्म सम्मेलन चल्नेछ ।
यता, भारतीय राष्ट्रपति प्रणव मुखर्जी कात्तिक १७ गते नेपाल भ्रमणमा आउने भएका छन् । मुखर्जी फर्किएकै दिन देउवा पनि दिल्ली जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले तिहार र छठपछि संविधान संशोधनको प्रस्ताव संसदमा आउने बताएलगत्तै देउवाको दिल्ली भ्रमण भएको हो । लोकमान प्रकरणमा समेत देउवा फर्किएपछिमात्रै कांग्रेसले आफ्नो धारणा तय गर्ने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गोवामा आयोजना हुने सेमिनारमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने स्वकीय सचिव भानु देउवाले जानकारी गराएका छन् ।

तर अहिलेसम्म भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेताहरुसँग भेट गर्नेबारे निर्णय गरिनसकेको सचिव देउवाले बताए । कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले तत्काल केन्द्रीय कार्य समितिले महाअभियोगको पक्ष वा विपक्षमा रहने निर्णय लिने सम्भावना नरहेको बताएका छन् ।

भारतीय उच्च नेतृत्वको चाहनामा देउवाको भ्रमण हुन लागेको स्रोतले जनाएको छ । संविधान संशोधनमा चासो दिएको भारतले यहि समयमा देउवाले गोवा सम्मेलनमा भाग लिन जानु रहस्यमय भएको बताइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice