‘अब कसैगरीपनि महाभियोग प्रस्ताव मोडिदैंन’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव अघि बढेसँगै सभामुख ओनसरी घर्ती मगरले यसलाई कसैगरिपनि मोड्न नसकिने बताएकी छिन् ।

आइतबार संसद बैंठले अख्तियार प्रमुख कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल गर्न मंगलबारेको समय तोकेको छ ।
नेपाली कांग्रेसले पार्टीको बैंठक छ भनेर दुई दिनका लागि थप समय माग गरेको थियो तर नियमअनुसार नमिल्ने भएपछि भोली ढिलो बैंठक राखेको समेत सभामुखले जानकारी गराइन् ।

सभामुख घर्तीले संसदको प्रक्रिया अघि बढिसकेको भन्दै अब राजनीतिक चलखेल सम्भव नभएको समेत बताइन् । उनले भनिन्, ‘कि त प्रस्तावकले नै प्रस्ताव फिर्ता लिनुपर्यो ।’
संसदमा छलफलपछि सभामुख घर्तीले एक महिनाभित्र संसदले निर्णय दिइसक्ने बताइन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice