संसदमा लोकमान महाभियोग प्रस्ताव पेश , ९ गते छलफल हुँदै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव आज व्यवस्थापिका संसदमा पेश भएको छ ।

आइतबार ११ बजे व्यवस्थापिका संसदमा बसेको बैंठक पश्चात् महाभियोग प्रस्ताव दर्ता भएको सभामुख ओनसरी घर्ती मगरले जानकारी गराएकी छिन् ।

यसअघि बुधबार नै सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एमालेका १५७ जना सांसदहरुले महाभियोग दर्ता गराएका थिए ।  ५ दिनपछिको रस्साकस्सापछि बल्ल महाभियोग प्रस्तावले संसदमा प्रवेश पाएको हो । छलफलका लागि पर्सी ९ गते दिउँसो ३ बजेको समय तोकिएको सभामुखले जानकारी दिएकी छिन् ।

बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना बनाइसकेको थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय मागेको भन्दै संसद बैठक

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice