सिंगो नेपालीलाई स्तव्ध पार्ने तीन तस्विर: यही देख्न ल्याइएको थियो गणतन्त्र ?

काठमाडौं । लोकमान सिंह कार्की मनकामना मन्दिर दर्शन गर्न जाँदा प्रहरीलाई उनको गोडा धुन लगाए । प्रहरी प्रमुख    दुर्जकुमार राई चन्द्रागिरी जाँदा प्रहरी जवानलाई आफ्नो जुत्ताको तुना बान्न लगाएको निरशलाग्दो दृश्य सार्वजानिक भयो ।

यो भन्दा पनि अर्काे उराठलाग्दो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

22102016025740ph-1000x0

timthumb-php

 

शनिबार अर्थात सार्वजनिक विदाका दिन हेलिकप्टरमा चढेर राष्ट्रपति विद्या देवी भण्डारी आफ्नी दुई छोरी उषाकिरण र निशाकुसुमका साथ सप्तरीको सखडास्थित छिन्नमस्ता भगवती मन्दिरमा पूजाआजा गर्न सरकारी सेना, सशस्त्र, नेपाल प्रहरीका सुरक्षाटोलीसहित त्यहा पुँगेकी हुन् ।

durja

हेलिकप्टर अवतरण भएसँगै उक्त मन्दिर पुग्न करिव दुई सय मिटर पैंदल यात्रा गर्नुपर्दथ्यो ।

राष्ट्रपति भण्डारी अनि दुइ छोरीहरुका पछि पछि तालिमप्राप्त कुकुरसहित सेना परिचालन भएका थिए । दुई सय मिटर पैदल यात्रा पछि उनीहरु भगवती मन्दिरमा पूजाआजा गर्न लागिरहँदा चार जना जवान सेनाले हातमा तीन जोर जुत्ता चप्पल समाइरहेका थिए ।

ती सेनाहरुले दुई सय मिटरको यात्रादेखि नै जुत्ता चप्पल बोकेका थिए । राष्ट्रपति भण्डारी मन्दिरमा आउँने थाहापाएपछि त्यहाँ पुगेका सञ्चारकर्मीहरुले उक्त दृश्य खिच्न खोज्दा सेनाका उच्च अधिकारीले रोक लगाएका थिए ।

 

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice