आफूलाई बचाउन आग्रह गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लोकमानको टेलिफोन संवाद

संसदमा महाअभियोग प्रस्ताव  दर्ता भएसँगै स्वतः निलम्बनमा परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई बचाइदिने गुहार माग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका खुलेको छ ।

जनआन्दोलनको प्रमुख दोषीको रुपमा किटान भई कारबाहीमा पर्नुपर्ने व्यक्तिको सूचिमा राखिएका उनलाई तत्कालीन अवस्थामा भारतीय चाहनामै अख्तियार प्रमुख बनाइएको थियो ।

अख्तियार प्रमुख भएपछि निरन्तर भारतीय चाहना अनुसार काम गर्दै आएका लोकमानले शुक्रबार मोदीलाई टेलिफोन गरी बचाइदिन आग्रह गरेका स्रोतले बताएको छ ।

अख्तियारभित्रको भरपर्दो सूत्रका अनुसार विशेष खालको डिभाइसबाट मोदीलाई फोन गरेका थिए । मोदी र लोकमानको टेलिफोन वार्तालाप मिलाउने काममा प्रहरीका केही सुरक्षा अधिकारी र भारतीय दूताबासका अधिकारीहरुले सहयोग गरेका थिए ।

लोकमानसँग मोदीको केही मिनेट कुराकानी भएको बुझिएको छ । सो क्रममा लोकमानले आफू अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै यो समस्याबाट बाहिर निस्कने कार्यमा सहयोग गरिदिन अनुनय गरेका स्रोतको भनाई छ । ’

मोदीले समेत सकेसम्म सहयोग गर्ने वचन दिएका बुझिएको छ ।’ स्रोतले भन्यो ’परिस्थिति निकै जटिल बनेको र देशभित्रका आफ्ना निकटकाले आफूलाई बचाउन नसक्ने निश्कर्षमा पुगेका मोदीले भारतीय प्रधानमन्त्रीलाई गुहारेका देखिएको छ ।’

लोकमानलाई भारतीय इशारामा मधेशवादी दलहरुले समेत साथ दिएका छन् । उनीहरुले लोकमानको पक्षमा खुलेरै तर्कहरु राख्दै लोकमानलाई फसाउने एमालेको षड्यन्त्र रहेको र यसमा आफूहरु फस्न नहुने दाबी गरेका छन् ।

One thought on “आफूलाई बचाउन आग्रह गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लोकमानको टेलिफोन संवाद
  1. ‘लोकमानको पक्षमा रहेका कांग्रेसी नेताहरु हो ! तिमीहरु लोकमानसँगै सकिनेछौं ’”

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice