पूर्वराजा ज्ञानेन्द्रलाई पहिलो गाँसमै ढुङ्गा : हिन्दु सम्मेलको बन्दसत्रमा कुटाकुट भएसँगै बिथोलियो कार्यक्रम

काठमाडौं । विहिवार (हिजो) अर्थात राजगद्धीबाट हटेको दश वर्ष पछाडि पहिलो पटक सार्वजानिक रुपमा मन्तव्य दिएका थिए पूर्वराजा ज्ञानेन्द्रले । पशुपतिस्थित वनकालीमा विश्व  हिन्दू विराट सम्मेलनको उद्घाटन गरी कडा मन्तव्य दिएको भोलीपल्टै सोही कार्यक्रमको बन्दसत्र कार्यक्रममा कुटाकुट र भागदौंड मच्चिएको छ ।

बिहीबार वनकालीमा पूर्वराजा ज्ञानेन्द्रले हिन्दू विराट सम्मेलनको उद्घाटज भएसँगै बन्दसत्रका लागि प्रज्ञा भवन कमलादीमा कार्यक्रम आयोजना गरिएको थियो ।
बन्द सत्र कार्यक्रममा भाग लिन पुगेका एकजना व्यक्तिले म पनि राजावादी हुँ, म कमल थापाको मान्छे हुँ भनेपछि विवाद सुरु भएको विवादले उग्र रुप लिन पुगेपछि कुटाकुट भएको एक प्रत्यक्षदर्शीले जानकारी गराएको छन ।

पूर्वराजा शाहले उद्घाटन कार्यक्रममा देशमा निषेधको राजनीतिले विद्रोह मच्चाएको भाषण दिएको भोलिपल्टै यस्तो हर्कत हुन पुगेको हो । उक्त झडपमा राप्रपा नेपालका एकजना कार्यकर्ता गम्भीर घाइते हुन पुगेका छन् ।

आक्रोशित समूहले बन्दसत्रमा पाहुनाका रुपमा उपस्थित भारतीय जनता पार्टीका नेता आदित्यनाथविरुद्ध समेत नाराबाजी गरेको छ ।

पूर्वशाही पाश्वर्ती भरतकेशर सिंहको नेतृत्वमा आयोजना गरिएको तीन दिने अन्तरराष्ट्रिय हिन्दु सम्मेलनको उदघाटन विहीबार वनकालीमा पूर्वराजा ज्ञानेन्द्रले गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice