एकाबिहानै आँखा मिच्दै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे लोकमान

काठमाडौं । अख्तियार दुरुपयोग  अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारको गेटैबाट फर्किएका छन् ।

अख्तियार प्रमुख कार्की विहान सातै बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

उनी सरासर बालुवाटारको प्रधानमन्त्री भवनको सिँढीमा उक्लिदै गर्दा गेटका कर्मचारीले रोकेपछि भित्र छिर्न पाएनन् । प्रधानमन्त्री प्रचण्डसँग बुधबार भएको टेलिफोन वार्तासँगै कार्की शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न एकाबिहानै आँखा मिच्दै प्रधानमन्त्री  निवास वालुवाटारमा पुगेका थिए ।

लोकमानले आफूलाई बचाइदिन आग्रह गर्दै कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत अनुनय विनय गरिसकेका छन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice