संसद्मा महाअभियोग दर्ता भएको थाहै रहेनछ सभापति देउवालाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताबबारे निर्णय लिन अझै तीन दिन लाग्ने काग्रेंस सभापति देउवाले बताएका छन् ।

यससँगै, आज शुक्रबार पनि अख्तियार प्रमुख कार्कीको महाअभियोग प्रस्ताबाको छलफल बारे बिहान ११ बजेका लागि बैंठक आह्वान गरिएको छ ।

बुधबार व्यवस्थापिका संसदमा कार्कीविरुद्ध सत्तारुढ दल माओवादी केन्द्र र एमालेका १५७ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएपनि कांग्रेस सभापति देउवाले भने यसबारे आफ्नो पार्टीले निर्णय नै गरिनसकेको बताएका छन् । ‘पार्टीभित्र केन्द्रीय बैंठकको छलफल अझै तीन दिन चल्नेछ र त्यसपछि मात्रै सो निर्णयबारे संसद्लाई जानकारी गराउने छौं,देउवाले भने ।’

सभापति शेरबहादुर देउवाले भने, ‘लोकमानलाई मैले पनि सम्झाएको हुँ तर उनले नमानेपछि यस्तो स्थिति आयो।’ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सँग यसबारे सामान्य कुराकनी भएको जनाकारी भएको समेत सभापति देउवाले बताए । ‘अस्ति चुनावबारे छलफल होला भनेर गएको थिएँ,महाअभियोग प्रस्तावबारेको कुरा उठ्यो । मैले केन्द्रीय समितिमा छलफल गरेर आउछु भनेर त्यत्तिकैफर्किए। तर उहाँहरुले त प्रस्ताव दर्ता पनि गराइसक्नु भएको रहेछ,’

यता, कांग्रेस वृत्तमा कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रामशरण महत, महेश आचार्य, कल्याण गुरुङ र रामकृष्ण यादवले विचार गरेर मात्र निर्णय लिन सुझाव दिएको एक केन्द्रीय सदस्यले बताए। तर अहिले गगन थापा र विश्वप्रकाश शर्माले भने महाअभियोगको विरुद्ध उत्रिनुपर्ने भन्दै नेपाली कांग्रेसलाई विगतमा भएको गल्ति सच्याउने मौंका आएको आएको बताएका छन् । त्यसैले जसरी भएपनि पार्टीले महाअभियोगको पक्षमा निर्णय लिनुपर्ने थापा र शर्माले बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice