आजै राती आठ बजे काठमाडौं उत्रदैछन लोकमान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की एक महिनापछि आज स्वदेश फर्किदैछन् । उनी इत्तेहाद एयरबाट अपराह्न ४ बजे अवुधाबीबाट नेपाल आउन लागेका छन् । अवुधाबीबाट अपराह्न ४ बजे उडेको विमान राति ८ बजे काठमाडौंमा अवतरण हुनेछ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयका एक अधिकारीले प्रमुख आयुक्त कार्की आज स्वदेश फर्किन लागेको पुष्टी गरेका छन् ।
उनी २०७३ असोज ३ गते परिवारसहित क्यानडा भ्रमणमा गएका थिए । सर्वोच्च अदालतले प्रमुख आयुक्त कार्की विरुद्ध परेको मुद्दाको पुनरावलोकन गर्ने निर्णय गर्नासाथ उनी क्यानडा गएका थिए । आयोगले कार्की क्यानाडास्थित भ्रष्टाचार विरुद्ध कार्यरत निकाय तथा अन्य सम्बन्धित निकायका प्रमुखहरुको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेको दाबी गरेको छ ।

अख्तियारले करिब दुई साता लामो भ्रमणमा जान लागेको विज्ञप्ति सार्वजनिक गरे पनि उनले थप १० दिन बिदा बिदेशमै बसेर स्वीकृत गराएको कुरा सार्वजनिक भएको छ ।
प्रमुख आयुक्त कार्कीले असोज २० गते (अक्टुबर) ५ तारिखमा क्यानडाका पब्लिक सेक्टर इन्टीग्रेटीका कमिसनर जोय फ्राइडेसँग शिष्टाचार भेट गरेको तस्वीर अख्तियारको फेसबुक पेजमा राखिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice