नेपाललाई हिन्दु राज्य बनाउन कोही ज्ञानेन्द्र गुर्हार्दै,खुमबहादुर खड्का भने सभापति देउवालाई हर्कार्दै

भोली कात्तिक ४ गते नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्ने भएको छ । विना एजेण्डा बस्न लागेको बैठकमा कांग्रेस भित्र हलचल पैदा भएको छ । अझैं त्यसमा हलचल थप्दै छन काग्रेस नेता खुमबहादुर खड्काले । उक्त बैठकमा उनले हिन्दु राष्ट्रवारे प्रस्ताव पेश गर्ने तयारी गरिरहेका छन ।

कांग्रेस स्रोतका अनुसार, सभापति शेरबहादुर देउबाले बोलाएको उक्त बैठकमा ‘महत्वपूर्ण बिषयमा छलफल गर्नुपर्ने भएकाले उपस्थित हुन’ केन्द्रीय सदस्यहरु लाई काठमाडौं बोलाइएको छ ।

king-12-gyanendra-gr

संयोग कस्तो परेको छ भने नेपाललाई हिन्दु राजतन्त्रात्मक मुलुक बनाउने उद्देश्य साथ विश्व हिन्दु परिषदले आयोजना गर्न लागेको ‘बिराट हिन्दु सम्मेलन’ पूर्व राजा ज्ञानेन्द्रले कात्तिक ४ गते दिउसो नै उद्घाटन गर्दैछन् । यद्यपि यो निर्णयप्रति शिव सेना पार्टीले भने विश्व हिन्दु विराट सम्मेलननै घोषणा गर्ने जनाइसकेको छ ।
उता कांग्रसकै खुमबहादुर खडका नेतृत्वको समुहले हिन्दु राष्ट्र अभियान सहितको ‘कांग्रेस हिन्दु सम्मेलन’ मङ्सिर १५ गते काठमाडौंमा गर्दैछ ।

एजेन्डाबिहिन बैठक बोलाएको अवस्थामा कांग्रेसको खुमबहादुर समुहले यसै बैठकमा ‘हिन्दु राष्ट्रबारे ठोस निर्णय गर्नुपर्ने’ प्रस्ताब राख्ने तयारि गरिरहेको स्रोतको दावी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice