शिव सेना पार्टीद्वारा विश्व हिन्दू विराट सम्मेलन बहिष्कार गर्ने घोषणा

काठमाडौं । राष्ट्रिय शिवसेना पार्टीले भोली ( बिहीबार) देखि हुँन गइरहेको विश्व हिन्दू विराट सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको छ ।

भोली बिहीबारदेखि विश्व हिन्दू महासंघले तीन दिने सम्मेलन गर्ने भएको छ । तर, राजधानीमा बुधबार शिव सेना पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्मेलन बहिष्कार गर्ने जानकारी गराएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, हिन्दूवादी भएर हिन्दूत्वको ठेकेदार भनाउने विश्व हिन्दू महासंघजस्ता सीमित व्यक्ति र झुण्को असक्षमता, अदुर्दशिता,र असफल नेतृत्व गर्दा धर्म रिपेक्षता घोषणा भएकोे छ । धर्म निरपेक्षता घोषणा भएको एक दशक बितिसक्दा पनि निरपेक्षतारुपी कूठाराघातविरुद्ध लड्न वा  आवाज उठाउन नसक्नु यस नेतृत्वको असक्षमता, अदुर्दशिता र असपलताको पुष्टि गर्ने पार्टीले दावी गरेको छ ।

९४ प्रतिशत ओमकार परिवार भएको राष्ट्रलाई जनातको माग र इच्छाविपरित धर्मनिरपेक्षता घोषणा गर्नू अर्कमण्यता र पाखण्डीपन भएको भन्दै पार्टीले विरोध जनाएको हो ।

केही व्यक्ति र झुण्डहरुको स्वार्थनिमित्त सम्मेलन गर्न लागेको आरोप लगाउँदै डेढ अरब हिन्दूहरुका सम्राट श्री ५ महाराजधिराज सरकारबाट सम्मेलन गर्ने भनिएको प्रचारप्रसारमा नारा मात्रै भएको छ । यसरी यसले नत हिन्दूहरुको अभिष्ट पुरा हुँनेछ नत हिन्दू अधिराज्य नै फर्कने छ । मात्र केही व्यक्तिको स्वार्थ पूर्तिका लागि यो सम्मेलन गर्न लागिएको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice