प्रधानमन्त्री प्रचण्ड र लोकमानको सेटिङको फन्दामा परे कर्मचारीहरु

काठमाडौं । सर्वाेच्च अदालतले अख्तियार अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा सूचना नटाँस्ने तामेलदार खत्रीसहित दुई जनालाई कारबाही गर्ने भएको छ ।

कार्कीको घरमा सूचना टाँस्न सर्वाेच्च अदालतले आदेश दिँदा अनुपस्थित हुँने तामेलदार शम्भु खत्रीसहित वडासचिव सरिता राई र खरिदार भेषराज अर्याललाई कारबाही गरिने भएको छ ।

उनीहरु तीनै कर्मचारीलाई कर्मचारी मुलुकी ऐन १ सय ११ बमोजिम एक हजार रुपैँया जरिवानासहित १५ दिन जेल चलान गरिने भएको छ । अबको एक साताभित्र तामेलदार खत्रीसहित तीनै जनाले सर्वाेच्चलाई चित्तबुझ्दो स्पष्टीकरण नपठाएमा उक्त कारबाहीको अगाडि बढाइने अदालतले बताएको छ ।

अघिल्लो बुधबार कार्कीको घरमा सूचना टाँस्न जाँदा वडासचिव सरिता राई अनुपस्थित भएसँगै तामेलादर खत्रीसहितको टोली रित्तो हात फर्किनु परेका थियो । त्यसपछि फेरि, बिहीबार सूचना टाँस्न जाने क्रममा तामेलदार खत्री नै बेपत्ता भएपछि कार्कीको घरमा सूचना टाँस्ने काम स्थगित भएको थियो । दसैं विदाका कारण केही समय कार्कीको घरमा सूचना टाँस्न व्याक भएको सर्वाेच्चले हिजो सोमबार वलदेव महतोलाई लोकमानको घरमा म्याद तामेल गर्न पठाएको थियो । महतोले सोमबार साँझ लोकमानसिंहको घरमा म्याद तामेल गराएको सर्वोच्च अदालतले बताएको  छ । यसरी सर्वाेच्चको काममा अधिकृत राई र खरिदार अर्यालले म्याद तामेलीमा असहयोग गरेको अदालतले ठहर गर्दै उक्त कारबाहीको प्रक्रिया अगाडि बढाएको हो ।

न्यायाधीश ईश्वरप्रसाल खतिवडाको एजलासले उक्त स्पष्टीकरणको बारेमो सोधखोखोज गर्ने आदेश पाएको छ ।

कार्कीले सर्वाेच्चको म्याद नबुझ्नुको कारण यस्तो छ

कहिले वडासचिव त कहिले सर्वोच्चका तामेल्दार हराउने गतिविधिले अहिलेसम्म कार्कीको घरमा सूचना टाँस्न सर्वोच असक्षम देखिएको हो । तर कार्कीको घरमा सूचना टाँस्न नसक्नु राजनीतिक चलखेल भएको समाचार बाहिर प्रकाशमा आएको छ । प्रधानमन्त्री प्रचण्डले यो सवै घटनाको पात्र हुन् भन्ने बुझिन आएको हो । प्रधानमन्त्री प्रचण्डसहित माओवादी पार्टीका २१ जना वरिष्ठ नेताहरुले गरेका लडाकु शिविरको भ्रष्टचार लुकाउन प्रचण्ड कार्कीसँग नजिकिएका हुन् । यसअघि कार्कीले असोज २ गते पत्रकार सम्मेलन गरी उक्त लडाकु शिविर काण्ड व्युताउँनु पर्ने भन्दै छानविन गर्न माग राखेका थिए । तर एक्कासी प्रधानमन्त्री प्रचण्डको भारतीय राजकिय भ्रमण भएसँगै उक्त घट्ना लुप्त भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले चार दिने राजकिय भ्रमण सकि आएलगत्तै पार्टीको गोप्य बैंठक बोलाएका थिए ।  बैंठकमा बोल्दै उनले  नेताहरुलाई उक्त मुद्धा नव्युताउँन र अदालत सँग कार्कीलाई जोगाउँन आफुले सेटिङ मिलाइसकेको जानकारी गराएका थिए । यससँगै प्रधानमन्त्री प्रचण्डले अदालत सँग सेटिङ मिलाएकोे खुलासाले अख्तियार प्रमुख कार्कीलाई जिउँ ज्यान जोगाउँन मुस्किल नपरेको र म्याद बुझ्न पटक पटक हिच्किचाएको समाचार बाहिर खुल्न आएको हो । यसरी प्रधानमन्बी प्रचण्डले यस्तो सहस्यमय खेल रचेपछि अख्तियार प्रमुख कार्कीले सर्वोच्चको म्याद बुभ्न अस्विकार गर्दै आएका हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice