सत्ता टिकाउन प्रचण्डलाई सकस : तिहार अगाडि नै यस्तो छ रणनीति

सरकार बनेको दुई महिना बित्न नपाउँदै प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेसका केही नेता,एमाल,े राप्रपा नेपाल र मधेसवादी दलहरुले सक्रियता बढाइरहेका छन् । तर नौं महिने म्यादी सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो सरकार विस्तार गर्ने तयारीमा जुटेका छन् । कांग्रेस सभापति देउवाको दिल खुुुश पार्नकै लागि उनले चार मन्त्री सहित  १० राज्यमन्त्री थप्न तयारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले तिहार अगावै मन्त्रीहरुलाई सपथ ग्रहण गराउने अभ्यास थालेकाछन् ।

अहिले प्रचण्ड सरकारको मन्त्रिपरिषद्मा चार राज्यमन्त्रीसहित ३४ जना जम्बो सदस्य रहेका छन् । अहिलेको तयारी अनुसार प्रचण्ड मन्त्रिपरिषद ४४ सदस्यीय हुनेछ । यसअघिको केपी ओली नेतृत्वको सरकार ४१ सदस्यीय थियो । हाल महिला वालवालिका, पशुपन्छी, खानेपानी तथा सरसफाइ र विज्ञान तथा प्रबिधि मन्त्रालय खाली रहेको छ । भने कांग्रेसले आठ राज्यमन्त्री पाउने सम्भावना छ ।

प्रचण्ड सरकारमा अहिले कांग्रेसका एक उपप्रधानमन्त्रीसहित १५ जना मन्त्री  बनिसकेका छन् । भने माओवादी केन्द्रका प्रधानमन्त्री र एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री र चार जना राज्यमन्त्री रहेका छन् । त्यस्तै राप्रपाका २ र नेकपा संयुक्तका एक जना मन्त्री छन् । राप्रपाले दुवै मन्त्रालयमा राज्यमन्त्री मागेको छ । प्रधानमन्त्रीले एक राज्यमन्त्री दिने आश्वासन दिएको राप्रपा स्रोतले जनाएको छ । यसअघिनै चार राज्यमन्त्री पाइसकेको माओवादीले भने अब राज्यमन्त्री थप्ने छैन । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले दुई मन्त्री र एक राज्यमन्त्री दाबी गरेको छ ।

राज्यमन्त्रीमा क –कसको  हुदै छ चर्चा ?

पौडेल पक्षबाट जीवन परियार, सरिता प्रसाई र सुरेन्द्र आचार्यको सम्भावना छ । त्यस्तै देउवा पक्षबाट अब्दुल रज्जक, रामहरि खतिवडा, दिलिप गच्छदार, आङटावा शेर्पा, सिताराम मेहता, सुवर्ण ज्वारचन लगायतको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।
राप्रपाबाट राज्यमन्त्रीमा परशुराम तामाङ र राज्यलक्ष्मी श्रेष्ठमध्ये एकले राज्यमन्त्री पाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice