आयोग र मन्त्रालयबीच साँढे जुधाई, चैंतको निर्वाचन रोकियो

काठमाडौं । स्थानीय तह आयोग र मन्त्रालयबीचमा हानाथाप बढेसँगै उक्त विवादले उग्र रुप लिएको छ ।
इलाकाको आवश्यक विवरणहरु पेश नगरेको भन्दै मन्त्रालयलाई आयोगले आरोप लगाएपछि विवाद मच्चिएको हो । यससँगै आयोगले मन्त्रालयले आवश्य विवरणहरु पेश गर्न असहयोग गरेपछि चैंतको स्थानीय तहको निर्वाचन गर्ने सम्भावना टरेको विश्लेषण गरेको छ ।

तर, उता मन्त्रालयले भने आफूँसँग भएको सवै विवरणहरु आयोगलाई पेश गरिसकेको बताएको छ । यसैक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी भन्छन्–‘हामीले आफ्नो जिम्मेवारी बहन गरिसकेका छौं । चाहिने विवरणहरु सवै पेश गरिसकेका छौं । हाम्रोमा भएका विवरणहरु हामीले दिइसकेका छौं तर मन्त्रालयमा नभएका विवरणहरु कहाँबाट ल्याएर दिने त्यैसेले विनाकाम आरोप लाउँनुभन्दा आयोग आफैं आएर के के विवरण लानुपर्ने हो,खोजेर लान सक्छ । हामीले खूल्ला गरिदिएका नै छौं ।’

यता,आयोगका अध्यक्ष बालानन्द पौडेलले पनि समयमा आवश्यक विवरणहरु आयोगलाई नबुझाएका भन्दै मन्त्रालयको द्वोष देखाएको छ । ‘अहिलेसम्म तीनपटक मन्त्रालयलाई पत्र काँटेर इलाकाको विवरण उपलब्ध गराउँन अनुरोध गर्दासमेत मन्त्रालयले इलाकाहरुको सिमांकन, भूगोलको क्षेत्रफल, जनसंख्या, आम्दानीका स्रोत लगायतका विवरणहरु उपलब्ध नगराएको भन्दै अब चैंतको निर्वाचन त्यत्तिकै टर्ने आयोगका एक सदस्य बताउँछन् ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice