पूर्वप्रधानमन्त्री ओलीको गहिरो टिप्पणी : विदेशी शक्तिका कारण सरकार परिवर्तन गरियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिलाई आफ्नो नेतृत्व सरकारले देश चलाएको मन नपरेका कारण सरकार परिवर्तनको खेल रचिएको आरोप लगाएका छन् ।

गृहनगर दमकमा आयोजित बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले राम्रो काम गरिरहेका बेला पनि विदेशी सरकारलाई नपचेपछि सरकार परिवर्तनको खेलतिर लागेको अभिव्यक्ति दिएका छन् ।

‘ दशैंको मुखमा म कसैलाई केही पनि भन्दिन सवैले खुसीका साथ वर्षदिनको चाँड मनाऔ भन्ने भावना व्यक्त गर्दै अध्यक्ष ओलीले बाल्यकालमा आफूले चन्द्रगढीमा खसी, बाख्रा चराएर देश चलाएको स्मरण देश चलाउँने मौका दिने जनतालाई पुनः धन्यवाद ज्ञापन गरेका थिए ।’  त्यसका साथै,ओलीले आफ्नो सरकारले देश र जनताको स्वाभिमान र आत्मनिर्भरताको गोरेटोमा देशलाई अघि बढाएको र अब मुलुक यसै गोरेटोमा अघि बढ्नु पर्ने बताएका छन् ।

अध्यक्ष ओलीले देशको विकास, समृद्धि र अग्रगमनका लागि प्रविधिको ठूलो भूमिका हुने उल्लेख गर्दै ई–लाईब्रेरीको स्थापना अहिलेका लागि सानो काम भएपनि भोलिको पुस्ताका लागि महत्वपूर्ण भएको बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice