राष्ट्रपति भण्डारीलाई मूल पुजारीबाट ८ : ४५ मा नै टीका लगाइयो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८ः४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाए ।

राष्ट्रपतिलाई उनले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गरेका थिए । सो अवसरमा राष्ट्रपतिका पुरोहित पण्डित खेमचन्द्र ढकाल पनि उपस्थित थिए ।

सोही अवसरमा राष्ट्रपति भण्डारीलाई उहाँका काका काकी खगेन्द्र पाण्डे र ज्ञानु पाण्डे तथा जयन्त पाण्डे र सावित्री पाण्डेले पनि टीका लगाइदिए । राष्ट्रपति भण्डारीले पनि छोरी उषाकिरणलाई टीका लगाइ दिएका थिए ।

साथै, सोही अवसरमा राष्ट्रपतिले पनि आफ्ना परिवारका अन्य सदस्य तथा आफन्तहरुलाई टीका लगाएका थिए । राष्ट्रपतिले सर्वसाधारणलाई दसैँको टीका आज अपरान्ह २ बजेदेखि लगाइदिने कार्यक्रम रहेको छ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice