दसैंले झपक्कै छोप्यो तर अझै फेला परेनन् कार्कीको घरमा सूचना टाँस्न हिँडेका तामेलदार खत्री

काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई अदालतमा उपस्थित गराउँनका लागि बुधबार सूचना टाँस्न गएका सर्वाेच्चका तामेलदार शम्भु खत्री  सहितको टोली वडासचिव अनुपस्थित भएसँगै फर्किएको थियो तर बिहीबार सर्वाेच्चबाट  पुनःदोस्रोपटक आदेश पाई सूचना टाँस्ने क्रममा अनुपस्थित खत्री अझै गायब रहेको स्रोतले जानकारी गराएको छ । पहिलो पटक सर्वाेच्चको टोलीसहित कार्कीको घरमा सूचना टाँस्न सवार भएका उनी एकाएक बिहीबार हराएपछि अन्य टोलीहरु रित्तो हात फर्किएका थिए ।

बिहीबार बिहान १० बजेसम्म सम्पर्क आएपछि बेखबर भएका तामेलदार खत्री पछिल्लो पटक सम्पर्कमा आउँदा उनी कार्कीको नयाँबानेश्वर घर नगएर अख्तियार मुख्यालयमै सूचना टाँस्न गएको खत्रीले स्रोतलाई बताएको थियो । तर उनले साँच्चीकै मुख्यालयमा गएर सूचना टाँसे या टाँसेनन् यो बारे आफु अनभिज्ञ रहेको स्रोतले बतायो । तर सर्वोच्चले भने बानेश्वस्थित कार्कीको घरमा म्याद टाँस्न जाने आदेश दिएको थियो ।

यसरी कहिले वडासचिव त कहिले सर्वाेच्चका तामेल्दार हराउने गतिविधिले अहिलेसम्म कार्कीको घरमा सूचना टाँस्न सर्वाेच असक्षम देखिएको छ । तर कार्कीको घरमा सूचना टाँस्न नसक्नु राजनीतिक चलखेल भएको समाचार बाहिर प्रकाशमा आएको छ । प्रधानमन्त्री प्रचण्डले यो सवै घटनाको पात्र हुन् भन्ने बुझिन आएको हो । प्रधानमन्त्री प्रचण्डसहित माओवादी पार्टीका २१ जना वरिष्ठ नेताहरुले गरेका लडाकु शिविरको भ्रष्टचार लुकाउन उनले कार्कीसँग नजिकिएका हुन् । यसअघि कार्कीले असोज २ गते पत्रकार सम्मेलन गरी उक्त लडाकु शिविर काण्ड व्युताउँनु पर्ने भन्दै छानविन गर्न माग राखेका थिए । तर एक्कासी प्रधानमन्त्री प्रचण्डको भारतीय राजकिय भ्रमण भएसँगै उक्त घट्ना लुप्त भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले चार दिने राजकिय भ्रमण सकि आएलगत्तै पार्टीको गोप्य बैंठक बोलाएका थिए । उनले  बैंठकमा बोल्दै नेताहरुलाई उक्त मुद्धा नव्युताउँन र अदालत सँग कार्कीलाई जोगाउँन आफुले सेटिङ मिलाइसकेको जानकारी गराएका थिए । यससँगै प्रधानमन्त्री प्रचण्डले अदालत सँग सेटिङ मिलाएकोे खुलासाले अख्तियार प्रमुख कार्कीलाई जिउँ ज्यान जोगाउँन मुस्किल नपरेको र म्याद बुझ्न पटक पटक हिच्किचाएको समाचार बाहिर खुल्न आएको हो । यसरी प्रधानमन्बी प्रचण्डले यस्तो सहस्यमय खेल रचेपछि अख्तियार प्रमुख कार्कीले सर्वाेच्चको म्याद बुभ्न अस्विकार गर्दै आएका हुन् ।

यसरी सर्वाेच्चका तामेल्दार खत्री हराएपछि अर्को कर्मचारी खटाउन सकिने भएपनि दसैं विदाका कारण सर्वाेच्च अप्ठेरोमा परेको स्रोतले बताएको छ । तर आज नबुझाए भोलि जसरी पनि यो सूचना बुझाउनै पर्ने उनले फेरी जाकारी गराए । त्यसो त तामेलदार खत्री आफैंले दसैंकै अवधिमा पनि म्याद बुझाउन सक्ने यदि उनले सूचना नटाँसेपनि दसैं विदा सकिनासाथ सर्वोच्चले म्याद बुझाउन अरु कर्मचारी पठाउने वा अरु प्रक्रिया थाल्ने स्रोतले बताएको छ। तर म्याद बुझाउन नपाए लोकमानको नियुक्तिसम्बन्धी मुद्दा पेस गर्न ढिलाई हुने बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice