चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण टुङगो नलाग्दा सरकारी कर्मचारीको अर्काे दुखेसो

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणमा आउँने नआउँने भन्नेबारे सरकार आफैं बेखबर रहेको छ । चिनियाँ राष्ट्रपति सीले आगामी भारतको गोवामा हुँन गइरहेको ब्रिक्सको आठौं सम्मेलनमा जाँदा वा फर्कंदा नेपाल भ्रमण गराउँने सरकारको अठोट रहेको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी विदेश भ्रमणका लागि बंगलादेश चाहिँ जाने तर नेपाल भ्रमण चाहिँ नआउँने भन्दै चिनियाँ सरकारको निर्णयसँग आफूहरु दुःखी भएको परराष्ट्र मन्त्रालयका सरकारी कर्मचारीहरुले दुखेसो पोख्ने गरेका छन् । दुई देशबिच अहिले यही विषयमा दोहोरो वार्तालाप चलिरहेको उनीहरुले बताएका छन् । चिनियाँ राष्ट्रपति सी असोज २८ मा बंगलादेशमा पुग्ने र भोलिपल्ट गोवा जाने भएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पारवहनसहितका सन्धि गरेर सन्तुष्टि भएका चिनियाँ सरकार नौ महिनामा प्रचण्ड सरकारको आगमनसँगै नेपालसँग रुष्ट हुन पुगेको हो ।

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री भएलगत्तै प्रधानमन्त्रीको दूत बनाएर गृहमन्त्री विमलेन्द्र निधिलाई भारत र परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई चीन भ्रमणमा पठाएका थिए । तर चीनले परराष्ट्रमन्त्री महराको भ्रमणलाई त्यती चासो गरेन ।  नौ महिने सरकारको फेरबदलसँगै चीनले नेपालसँग सहकार्य गर्न हिच्किएको थियो । त्यससँगै, तात्कालीन प्रधानमन्त्री केपी ओलीसँग भएका सन्धि–सम्झौता कार्यन्वयन नहुँने निश्चित देखिएपछि सहकार्य गर्न पछि हटेको हो ।

आगामी असोज २८ र २९ मा भारतको पर्यटकीय सहर गोवामा हुने  ब्रिक्स को आठौं शिखर सम्मेलनमा ब्राजिल, रुस, भारत, चीन  र दक्षिण अफ्रिकाको राष्ट्रहरु सहभागी हुने छन् । ब्रिक्स सम्मेलनमा सार्क र विमस्टेकका सदस्य राष्ट्रहरू नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड र म्यानमार पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । त्यसँगै प्रधानमन्त्री दाहालले गोवामा पुगेकै दिन चिनियाँ राष्ट्रपति सीसँग दुईपक्षीय भेट गर्ने जानकारी गराइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice