‘१८० स्थानको पार्टीमा बस्न सकिन’ भन्दै सदस्य खनालद्वारा नयाँ शक्ति पार्टी परित्याग

काठमाडौं । पूर्वमाओवादीका प्रभावशाली नेता एवंम नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य तथा राजनीतिक संवाद समितिका संयोजक मुमाराम खनालले शुक्रबारबाट पार्टी परित्याग गरेका छन् ।

शुक्रबार खनालले प्रेस विज्ञप्ति जारी गर्दै गैरमाओवादीहरु नयाँशक्तिमा टिक्न नसकेको र पार्टी पुरानै ढाँचामा चलेको आरोप प्रत्यारोप लगाउँदै नयाँशक्ति पार्टीबाट बाहिरिएका छन् । खनालले पार्टी अपार्दशी र राजनीतिक षड्यन्त्रमा चलखेल सुरु भएको भन्दै १८० स्थानको दल रहेको आरोप लगाएका छन् ।  उनले प्रेस विज्ञप्तिमा भनेका छन् ‘हामीले १७९ वटा दलहरुको बीचमा एउटा थपेर १८०औं दल बनाउन खोजेका होइनौं । तर, नयाँ शक्ति पार्टीको विकासक्रमले एउटा नयाँ दल थपिएर १८०औं बन्नुवाहेक अर्को सम्भावना देखिएन ।’

पार्टीको केन्द्रीय सदस्य रहेका खनालले यसो भनिरहदा उता नयाँ शक्ति पार्टीले अनुशासन उल्लघंन गरेको भन्दै पार्टीको केन्द्रीय परिषद सदस्य रहने गरि पार्टीबाट निकालिएको बताएको छ । एक साता अगाडि भद्रकालीको धर्नाबाट पार्टी र खनालबिच उक्त काण्ड मच्चिन गएसँगै पार्टीले खनाललाई वैद्यको लाइन समातेको आरोप लगाएको थियो । त्यसैगरी नयाँ शक्तिमा प्रवेश गर्ने मानिसहरुलाई पार्टीमा नआऊ भन्दै रोकेको र पार्टी एवं नेताहरुको विरुद्ध षड्यन्त्र गर्दै हिँडेकाले पार्टीबाट निष्कासन गरिएको नयाँ शक्तिका एक केन्द्रीय नेताले जानकारी गराएका  छन् ।

नया शक्ति नेपालको विज्ञप्तिमा भनिएको छ ‘उनले पार्टी विरुद्ध फेसवुक, इमेल, सार्वजनिक सन्जालमा पार्टी गतिविधि विरोधी स्टाटसहरू हालेकोले अनुशासनको उल्लघन भएको महशुस गरी उक्त मुद्धा अनुशासन आयोगमा पाठाएकोले र छानविनको अवधिका लागि केन्द्रीय परिषद् सदस्य रहने गरी, कार्याकारी सदस्य, राजनीतिक संवाद समितिको संयोजक,विद्यार्थीको उत्पेरकको जिम्मेवारीवाट हटाइएको हो ।’

 

One thought on “‘१८० स्थानको पार्टीमा बस्न सकिन’ भन्दै सदस्य खनालद्वारा नयाँ शक्ति पार्टी परित्याग
  1. सम्बन्ध विच्छेदपश्चात् लाेग्ने-स्वास्नीबिच चल्ने अाराेपप्रत्याराेप जस्तो जुहारी चलेछ।भनिन्छ,´गल्लीबाट टिपेकाे ढुङ्गाबाट घरकाे जग बलियाे हुँदैन।´अाज नयाँ शक्ति नेपालकाे अवस्था पनि गल्लीकाे ढुङ्गा सावित हुँदैछ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice