अर्बपति विनोद चौधरीको अत्याचारः दशैंमा समेत तलव पाएनन मजदुरले

पत्याउनुहुन्छ ? विश्वकै धनाढ्यहरुका सूचीमा दरिएका व्यवसायी विनोद चौधरीले विगत सात महिना देखि मजदुरलाई तलव नै नदिइ चरम श्रम शोषण गरिरहेका छन ।
ति मजदुरहरुले फागुन महिनादेखिको तलब पाएका छैनन भने दशैं पर्वमा समेत तिनलाई तलव दिइएको छैन ।  चौधरी गु्रप मातहतको सिजि टेलिकम्युनिकेशनमा काम गर्ने आधा दर्जन भन्दा धेरै कामदारले विगत फागुन महिना देखि तलब नपाएको गुनासो गरेका हुन । उनीहरुले आफूहरु माथि श्रम शोषण भएको भन्दै कार्यालयमामा मुद्दा दर्ता गराएकाछन् ।

cg
पारिश्रमिकता नपाउनेहरुमा प्रमोद आचार्य, कन्द्र नारायण गुप्ता, केशव कार्की, नाम देव गौतम, गणेश न्यौपाने लगायत रहेका छन् ।
श्रम कार्यालयले सिजि टेलिकम्युनिकेशनले तलब नदिएको भन्दै जवाफको लागि व्यवस्थापकलाई बोलाएको थियो । तर, व्यवस्थापन पक्ष भने कर्मचारीलाई तलब दिनु त परै जाओस् छलफलमा समेत सहभागी भएका छैनन् ।
यहाँ हजारौँ कामदार कार्यरत चौधरी गु्रपको सिजि टेलिकम्युनिकेशन मोबाइल सम्बद्ध एउटा बिजनेश मोडल हो । । यो त्यही कम्पनी हो,जहाँ केही महिना अघि कर्मचारीलाई जबरजस्ति निकाल्न खोजिएपछि आन्दोलन समेत भएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice