आँबुखैरेनी पहिरोले बाबुराम भट्टराई बाटोमै व्लक

गोरखा  । नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम  देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताएका छन् ।

बडादसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति पार्टी गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले मुलुकमा कम्तिमा पाँचवर्ष टिक्ने सरकार आवश्यक परेको बताए । देशमा आर्थिक समृद्धि ल्याउन स्थायी सरकारको खाँचो रहेको उनको भनाइ थियो ।

तनहुँको आँबुखैरेनी नजिक ऐनापहरामा झरेको पहिरोले पृथ्वीराजमार्ग पूर्णरुपमा अबरुद्ध भएपछि पूर्वप्रधानमन्त्री भट्टराईले बाटोबाटै टेलिफोन गरी कार्यक्रमलाई सम्बोधन गर्नुभएको उक्त पार्टीका स्थानीय नेता ज्ञानेन्द्र कुमालले जानकारी दिए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice